×

NEPAL TIMES UPDATES

Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026

अन्ततः खुल्यो लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

१० आश्विन २०७७

काठमाडौं : कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।

कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए ।

Advertisement
Advertisement

गत वर्ष शाखा अधिकृततर्फ प्रशासन, न्याय र व्यवस्थापिका संसद्तर्फको पहिलो चरणको परीक्षा सम्पन्न भई दोस्रो चरणको परीक्षा भएको थिएन । परीक्षा सञ्चालन हुने क्रममा कोभिड महामारी सुरु भएसँगै सबै परीक्षा स्थगित भएको थियो । अब सो परीक्षा कात्तिकमा सञ्चालन गरिनेछ । पहिलो चरणमा शाखा अधिकृतका लागि ३ हजारले नाम निकालेका थिए ।

नायब सुब्बाको परीक्षा पनि सञ्चालन गर्ने निर्णय भएको छ । नायब सुब्बातर्पm पनि दोस्रो चरणको परीक्षा भएको थिएन । सुवेदीले नायब सुब्बाको दोस्रो चरणको परीक्षा मंसिरमा गर्ने गरी तयारी थालिएको जानकारी दिए । सुवदीका अनुसार परीक्षा सञ्चालन गर्दा सुरक्षाका सबै विधि अपनाइनेछ ।

सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः १८, १९ र २० कात्तिकमा हुनेछ । यस्तै व्यवस्थापिका संसद्तर्फ पहिलो पत्रको परीक्षा २१ कात्तिकमा र दोस्रो पत्रको परीक्षा २२ कात्तिकमा हुनेछ ।

यसैगरी, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवातर्फ खुला तथा समावेशी र्फको दोस्रो चरणको परीक्षा २३ कात्तिकदेखि सुरु हुने लोकसेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा ७ मंसिरमा तथा तृतीय पत्रको परीक्षा ८, ९, १० र ११ मंसिरमा तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने १२ मंसिरमा हुने आयोगले जनाएको छ ।

Advertisement
Advertisement

यसैगरी, यसअघि रोकिएको सहसचिवतर्फको कृषि सेवातर्फ बाँकी रहेको पदमा समेत परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै, सूचना प्रविधितर्फ आइटी सहसचिवको स्थगित लिखित परीक्षा पनि छिट्टै लिने निर्णय गरिएको आयोगले जनाएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top