×

NEPAL TIMES UPDATES

Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026

लक्षण देखिए मात्रै कोरोना परीक्षण

१० आश्विन २०७७

काठमाडौंँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पीसीआर परीक्षण मापदण्डमा पर्नेलाई मात्रै पीसीआर परीक्षण गर्न गराउन सम्बद्ध निकायलाई निर्देशन दिइएको बताए । उनले १२ बुँदे मापदण्ड जारी गरिएको भन्दै कोभिड–१९ का लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने बताए । ती लक्षणमा ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखाला लागेका व्यक्ति पर्दछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि परीक्षण गर्न सकिनेछ । त्यसैगरी अकस्मात् श्वास प्रश्वासमा समस्या देखिएका व्यक्ति, विदेशबाट आई क्वारेन्टाइनमा बसिसकेका व्यक्ति, अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले पीसीआर परीक्षण गर्न सक्नेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top