डोनल्ड ट्रम्पले ७५० डलरमात्र आयकर तिरेको खुलासा

११ असोज ७७, सोमबार

१२ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा सङ्घीय आयकर बापत जम्मा सातसय पचास डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेको खुलेको छ ।

द न्यू योर्क टाइम्स पत्रिकाका अनुसार उनी त्यसबेला राष्ट्रपतीय उम्मेदवार बनेका थिए र विजयी भएर ह्वाइट हाउसमा पहिलो वर्ष विताएका थिए। डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउने न्यू योर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ।

उक्त पत्रिकाका अनुसार ती कर अभिलेखले निरन्तरको घाटा र वर्षौँको कर छलीलाई उजागर गर्दछन्। डोनल्ड ट्रम्पले उक्त समाचारलाई फेक न्यूज अर्थात मिथ्या समाचार भनेका छन्। वास्तवमा मैले कर तिरेको छु।

मेरो कर भुक्तानी सम्बन्धी विवरण आउने बित्तिकै तपाईँले त्यो देख्न सक्नुहुन्छ त्यसको अहिले अडिट भैरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा छन्। आइतवार न्यू योर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो स्पष्टिकरण दिएका हुन्।

आइआरएस (आन्तरिक राजस्व सेवा) ले मलाई राम्रो व्यवहार गर्दैन, तिनीहरूले मसँग नराम्रो व्यवहार गर्छन्। आइआरएसमा त्यस्ता मान्छेहरू छन् जसले मलाई एकदमै नराम्रो व्यवहार गर्छन्, डोनल्ड ट्रम्पले भने।

डोनल्ड ट्रम्पले उनको सम्पत्ति र व्यापारिक कारोबारसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक गर्ने विषयमा विभिन्न कानुनी चुनौतीहरूको सामना गरेकाछन्। न्यू योर्क टाइम्सले उसको समाचारमा भएका सूचना तथा जानकारीहरू कानुनी रूपमा नै त्यस्ता जानकारीमा पहुँच भएका स्रोतहरूबाट प्राप्त भएको जनाएको छ।

न्यू योर्क टाइम्सले भनेको छ उसले राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीहरूको सन् १९९० को दशक देखिका कर भुक्तानी विवरण र सन् २०१६ र २०१७ को राष्ट्रपतिका निजी कर विवरणहरूको अनुसन्धान गरेको हो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top