अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जनाको ज्यान गयो

११ असोज ७७, सोमबार

१२ आश्विन, एजेन्सी ।
विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै जाँदै दुवै देशले एक–अर्काको क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाले लगाएको छ ।

त्यसपछि प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्कहरु ध्वस्त बनाएको बताइएको छ । विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ । तर त्यो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ ।

यो क्षेत्रलाई लिएर झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो । आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय गरेको छ । अजरबैजानले अर्मेनियाको आक्रमणबाट आफ्ना सर्वसाधारण मारिएको बताएको छ ।

अजरबैजान सरकारले अर्मेनियाको आक्रमणको प्रतिरक्षा गर्न सेनालाई तयार रहन निर्देशन दिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top