Nepal Times
Nepal Times
3
Shares

पर्यटन जगाउने प्याराग्लाइडिङको आश, असोज १५ देखि उड्न सकिने

पर्यटन जगाउने प्याराग्लाइडिङको आश, असोज १५ देखि उड्न सकिने

१२ असोज, काठमाडौं । कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द रहेको साहसिक खेल प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

 

सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था (नाका)का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पूरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।

कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरुलाई पुनःवुकिङ शुरु गर्न नाकाले प्याराग्लाइडिङ कम्पनीहरुलाई निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको नाका महासचिव बलराम आर्चायले बताए ।

अहिले परीक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति रहेका छन् ।

पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुवाती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.