हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौँ, २४ वैशाख ः नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ ।

दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ ।

चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।

Advertisement

अध्ययन एवं अवलोकन भ्रमणका लागि मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा वैशाख १५ गते सात सदस्यीय प्रतिनिधिमण्डल चीन गएको थियो । प्रतिनिधिमण्डलमा प्रवक्ता शर्मा, मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्यलगायत सहभागी थिए ।

प्रतिनिधिमण्डलले चीनमा रहेको रेलमार्गको पूर्वाधारबारे साताव्यापी अध्ययन सकेर शनिबार नेपाल फर्किएको थियो । चीन सरकारको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो ।

Advertisement

“भ्रमणका अवसरमा केरुङ–काठमाडौँ ७५ किमी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार पार्ने र नेपालको भौगर्भिक अवस्थाले पनि नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएकाले रेलमार्गको सम्भाव्यता अनुसन्धान गर्ने सहमति भएको छ”, उनले भने ।

चीनले नेपालका रेल अधिकारीलाई तालीम दिने र रेल नेटवर्क विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दुई देशबीचको वार्ताका क्रममा चिनियाँ रेल प्रशासनका अधिकारीहरुले नेपालमा रेल मार्गको विकासका लागि राष्ट्रपति सी जिन पिङले उच्च प्राथमिकता दिएको सुनाएका थिए ।

राष्ट्रपति जिन पिङले रेल प्रशासनका अधिकारीलाई नेपाललाई रेल मार्गको पूर्वाधारमा सक्दो सहयोग गर्न निर्देशन दिएको वार्ताका क्रममा रेल मन्त्रीले नेपाली प्रतिनिधिमण्डललाई सुनाएका थिए ।

यसअघि गत मंसिरमा चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारी उक्त विषयमा छलफलका लागि नेपाल आएका र आगामी पुसअगावै थप छलफलका लागि नेपाल आउने प्रवक्ता शर्माले जानकारी दिए।

चीनको अग्लो भागबाट नेपालमा रेल झार्न कस्तो प्रविधिको प्रयोग गर्ने भन्ने सन्दर्भमा चिनियाँ प्राविधिकले गर्ने अध्ययन अनुसन्धानमा सरकारले सहयोग गर्ने उनले बताए । विश्वमा अहिलेसम्म यति भिरालो स्थानबाट रेल नचलेको मन्त्रालयले जनाएको छ ।

रासस

 

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top