क्याटलोनियाली सरकार प्रमुख टोरा अयोग्य घोषित

११ असोज ७७, सोमबार

१२ असाेज, म्याड्रिड।
स्पेनको शीर्ष अदालतले सोमबार क्याटलोनियाली पृथकतावादी समूहको निकट मानिने क्षेत्रीय सरकार प्रमुख क्विम तोरालाई पदीय मर्यादा कायम गर्न नसकेको भन्दै पदमा रहिरहन अयोग्य देखिएको ठहर गरेको छ ।

Advertisement

अदालतले हालै स्पेनको समृद्ध उत्तरपूर्वी क्षेत्रमा विरोध प्रदर्शन गर्न उनको समूहले प्रोत्साहन गरेकोप्रति चासो व्यक्त गरेको छ । साथै विश्व महामारीसँग जुझिरहेका समय राष्ट्रविरोधी गतिविधिलाई प्रोत्साहन गर्ने समूह तथा नेतालाई कानुनी दायरामा ल्याउनसमेत आग्रह गरिएको छ ।

स्पेनको सर्वोच्च अदालतको फैसलामा टोराले राज्यमा देखिएको नयाँ राजनीतिक सङ्कटको सामना गर्नुपर्ने बताएको छ । क्याटलोनियाको क्षेत्र कोभिड–१९ का कारण स्पेनको बढी प्रभावित क्षेत्र हो ।

Advertisement

क्याटलोनियाको उच्च अदालतमा क्षेत्रीय सरकारको नेतृत्वमा रहेका टोरालाई सन् २०१९ को अप्रिलमा सम्पन्न राष्ट्रिय निर्वाचनका समय स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि सङ्केत गर्ने झण्डा, व्यानर तथा पम्पलेटहरू सार्वजनिक भवन तथा कार्यालयबाट हटाउन आदेश गरेको थियो तर अदालतको आदेशलाई वेवास्था गरेको आरोप क्षेत्रीय सरकार र यसका प्रमुखमाथि लाग्दै आएको थियो । अयोग्यताको प्रश्न यति छिट्टै उठ्ला भन्ने नसोचिएका समय अदालतले सोमबार उक्त निर्णय सुनाएको हो ।

“चुनावी प्रक्रियाको क्रममा क्षेत्रीय सरकारको सार्वजनिक भवनहरुबाट केहि प्रतीकहरु हटाउने केन्द्रीय निर्वाचन बोर्डको आदेशलाई उल्लंघन गरेको ठहर गरिएको छ,” सर्वोच्च अदालतका न्यायाधीशहरूले सर्वसम्मतिमा दिएको फैसला भनिएको छ । अदालतले तोराको निवेदनलाई अस्वीकार गरेको हो ।

Advertisement

अदालतले तोरालाई १८ महिनासम्म निर्वाचित पदमा रहन अयोग्य ठहर गरेको छ अदालतमा मुद्दाको सुनुवाई चलिरहेका समय भने उहाँलाई निलम्बन गरिएको थिएन ।

क्षेत्रीय संसदले तोरालाई पदबाट अयोग्य ठहराउने कुनै पनि त्यस्तो निर्णयलाई बेवास्ता गर्ने प्रतिक्रिया दिइसकेको छ । क्याटलानका राष्ट्रपति आफैले पनि उक्त आदेशको खण्डन गर्ने सम्भावना रहेको क्याटलोनियाबारे जानकार विश्लेषकहरूले बताएका छन् ।

सोमबारको फैसलाले यस क्षेत्रको विभाजित अलगाववादी आन्दोलनको विवादलाई थप चर्काउने र अन्ततः क्षेत्रीय चुनाव हुने सम्भावना बढेको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top