रोल्पामा घोषणा भयो देशकै पहिलो हरित वडा

२३ बैशाख ७५, सोमबार

रोल्पा, २४ वैशाख ः रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा घोषणा गरेको छ ।

वडाभित्र रहेका ७०० घरधुरीलाई हरियो रंगले पोतेसँगै हरित वडा घोषणा गरिएको वडाध्यक्ष जलेशकुमार केसीले जानकारी दिए । “वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका लागि घरलाई एउटै रंगले पोतेका हौँ”, वडाध्यक्ष केसीले भने, “वडा नै हरियो हँुदा देशमै फरक पहिचान दिन सफल भएका छौँ ।”

सो वडा देशकै प्रथम हरित वडा भएको सचिव कमलराज वलीले दाबी गरे । “वडा कार्यालयको नेतृत्वमा वडावासीको स्वतःस्फूर्त सहभागितामा अभियान थालिएको हो”, वलीले भने । पूर्ण सरसफाइको प्रारम्भिक खुड्किलो पार गरे पनि यसलाई दिगो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

Advertisement

वडाका सबै घर हरियो हुँदा वडाको रुप रंग नै फेरिएको छ । हरियो रंगलाई स्वच्छ वातावरणको प्रतीक मानिने भएकाले वडालाई स्वच्छ सफा र हराभरा बनाउन हरियो रंगले घर रंगाइएको जनाएको छ । वडाले गरेको आग्रहअनुसार वडावासी सबैले आफ्नो घर हरियो बनाएको वडा कार्यालयले बताएको छ ।

प्रदेश नं ५ सांसद दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढा, जिल्ला स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी देशकै प्रथम हरित वडा तथा जिल्लाको पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।

Advertisement

रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top