उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

२३ बैशाख ७५, सोमबार

सोल, २४ वैशाख ः उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो ।

कोरियाली नेता किम जोङ उनले घोषण गरेबमोजिम नै यही अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कार्य बन्द गरेको थियो ।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले उक्त निर्णय गरेपछि नै यसको कार्यान्वयन भएको छ र यस कार्यक्रमको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ ।
उत्तर कोरियाली नेता किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जाय इनसँग भएको उच्चस्तरीय बैठक र उनीहरुबीच भएको सम्झौतामा नै यस्तो कार्यक्रम बन्द गर्ने बताएका थिए ।

Advertisement

सोही बमोजिम नै उक्त कार्यक्रम बन्द गराएको र यसको कार्यान्वयन पनि सफल रुपमा नै भइरहेको उक्त समाचार समितिद्वारा प्रेषित समाचारमा जनाइएको छ ।

उता उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि केही हप्ताभित्रै महत्वपूर्ण शिखर बैठक गर्ने अपेक्षा गरिएको छ । त्यसको तयारीमा उत्तर कोरियाल लागिरहेको जनाएको छ ।

यदि उनीहरुबीच भेटवार्ता भयो भने बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीचको यो नै पहिलो र ऐतिहासिक बैठक हुने विश्वका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top