कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ

१३ असोज ७७, मंगलबार
Share this
754shares

१३ आश्विन, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

Advertisement

उनको अस्पताल भर्ना भएको केही बेरमै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए। मृतक सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय पुरुष हुन्।

उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएकाले उपचारका लागि सोमबार दिउँसो २ः४८ बजे भर्ना भएका थिए। कुनै पनि दीर्ग रोगको समस्या नभएका ती व्यक्तिमा कोरोना संक्रमणका लक्षण देखिएकाले तत्काल आइसोलेसनमा भर्ना गरिएको थियो।

Advertisement

सोमबार दिउँसो ३ः०५ बजे नै ती पुरुषको मृत्यु भएको डा.यादवले बताए। मृत्यु पश्चात ती पुरुषको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पठाइएको र साँझ ७ बजे रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए। नियमअनुसार शवको व्यवस्थापन हुने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top