दसैं नजिकियोः व्यापारीले ठग्न थाले उपभोक्ता

१३ असोज ७७, बुधबार

काठमाडाैँ : दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् ।

एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैंनजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको बताए । उनले दसैं नजिकिन थालेपछि व्यापारीले उपभोक्तालाई हेरेर मनपरी मूल्य लिने गरेको बताए । दैनिक उपभोग्य खाद्य वस्तु दाल गुडागुडी खाने तेल हरियो तरकारीमा अत्यधिक मूल्य बढाएर व्यापारीले उपभोक्तालाई ठग्ने काम भइरहेको छ । अध्यक्ष तिमल्सिनाले भने, ‘हप्ता दिनअघि भन्दा खाने तेल प्रतिलिटर २० रुपैयाँ महँगो भएको छ । सबै दाल गुडागुडीमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढेको छ । हरियो तरकारीमा प्रतिकेजी दोब्बर रुपैयाँ बढी लिइरहेका छन् ।

Advertisement

उनले भने,‘तर सरकारी अनुगमन निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले भने बजारमा बढेको अस्वाभाविक मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको पाइँदैन ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलको मूल्य बढेको बताए । उनले अन्य दाल गुडागुडीको मूल्यमा केही तलमाथि भएपनि नबढेको बताए । उनले खाने तेलमा भने प्रतिपोका तेलमा १५ देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए । उनले भने,‘अहिले खाने तेलको मूल्य बढाउनु कारण नभए पनि ठूला व्यापारीले दसैं नजिकिन थालेपछि विभिन्न वहाना बनाउन थालेका छन् । हप्ता दिनको भन्दा अहिले थोक व्यापारीले खुद्रा व्यापारीलाई प्रतिपोका तेलमा १० देखि १० रुपैयाँ बढी लिने गरेका छन् ।

Advertisement

उनले भने,‘ठूला थोक व्यापारीले नै खुद्रा व्यापारीलाई तेलमा बढी मूल्य लिन थालेपछि खुद्रामा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हो ।’ अन्तर्राष्ट्रिय बजारमा डरलको मूल्य पनि बढेको छैन । डरलको मूल्य घट्दै गएको छ, । ‘त्यो हिसाबले तेलको मूल्य घट्नुपर्ने हो तर ठूला व्यापारीले एक्कासि खाने तेलमा मूल्य बढाएका छन् ।

दसैं तिहारमा खाने तेलको प्रयोग धेरै हुने हुँदा ठूला व्यापारीले वर्षभरिको नाफा नभएको व्यापार दसैंमा फाइदा लिन विभिन्न बहाना बनाएर मूल्य बढाउने गर्छन्, । ठूला व्यापारीको माथिसम्म पहुँच हुन्छ उनीहरूलाई सरकारी निकायले कुनै कारबाही गर्न सक्दैन । त्यसकारणले पनि हरेक चाडपर्वमा ठूला व्यापारीले दैनिक उपभोग्य खाद्यवस्तुमा मूल्य बढाउने गर्छन् । ठूला व्यापारीले गरेको कालोबजारीको दोषी साना खुद्रा व्यापारी हुन्छ । अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी निकायले गर्ने बजार अनुगमन नै प्रभावकारी नहुँदा त्यसको फाइदा ठूला व्यापारीले लिएका छन् ।,यो खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी हुन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top