तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न

१३ असोज ७७, बुधबार

१४ असाेज, ललितपुर ।

गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ ।

विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए ।

Advertisement

उनले भने, “गत वर्षको चैत महिनाभित्र यस भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र बेलाबेलामा पानी परेर बिहान अनि बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौँ ।”

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न नपाएको र विगतमा २०० कामदारले काम गरेको सो स्थानमा हाल केवल ८० जना मात्र खटिएका भट्टले जानकारी दिए ।

Advertisement

सो केन्द्र निर्माणका लागिरु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा निर्माण सम्पन्न गर्न ठेक्का लिएको जेभीका अर्का इञ्जीनियर पवन मैनालीले बताए ।

उक्त केन्द्र निर्माण सम्पन्नपश्चात गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top