×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

राष्ट्रपतिद्वारा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार

२४ बैशाख २०७५

काठमाडौँ, २४ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेकी छिन् ।

दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन्।

Advertisement
Advertisement

राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र डा राजेश झा ‘अहिराज’लाई प्रदान गरिन् ।

निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसुचित गराउने महत्वपूर्ण कार्यमा सहयोग पु¥याएबापत जनही रु दुई लाख राशिसहितको सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिएको छ । पुरस्कारको राशि जनही रु दुई लाख रहेको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकारद्वय शम्भु श्रेष्ठ, रघु मैनालीसहितको निर्णायक मण्डलले पुरस्कार छनोट गरेको हो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी त्यसलाई संस्थागत गर्न पत्रकार र आमसञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्न चाहन्छु भनिन्। “मुलुकको सार्वभौम सत्ता, अखण्डता, राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको भूमिका अहम् रहन्छ”, राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीले मुलुकको विकासमा केन्द्रित भई आर्थिक समृद्धि हासिल गर्नुपर्ने अबको दायित्व रहेको सन्दर्भमा राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् गम्भीर बनेर राष्ट्रिय लक्ष्य हासिल गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिइन् । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्पलाई साकार पार्न अन्य क्षेत्रले झैँ पत्रकार र आमसञ्चार जगत् पनि अग्रसर बन्नु पर्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले नेपाली नागरिकलाई विभिन्न मौलिक हकको व्यवस्था गरेअनुसार सूचना र सञ्चारको हकको व्यावहारिक कार्यान्वयनका लागि स्वच्छ, निष्पक्ष, निर्भिक र व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिताको आवश्यकता पर्ने बताइन् ।

उनले भनिन्, “अन्तर्राष्ट्रिय मूल्य मान्यता, प्रचलनअनुरुप नेपालको संविधानमा समेत विचार र अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायत मौलिक हकको व्यवस्था गरिएको छ, यस संवैधानिक व्यवस्थाको प्रचलन गराउन पत्रकार तथा सञ्चार जगत्को भूमिका अतुलनीय हुनेछ ।”

राष्ट्रपति भण्डारीले पुरस्कृतहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पत्रकारिताको माध्यमबाट नेपालको सम्पूर्ण क्षेत्रको विकासमा निरन्तर योगदान पुग्ने अपेक्षा गरिन् ।

सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस जगत्ले देशको आर्थिक, सामाजिक रुपान्तरणको साझेदारीका रुपमा काम गर्नुपर्ने बताए । उनले भने, “प्रेस र लोकतन्त्र दुस्मन होइन, सहकार्य र देशको आर्थिक रुपान्तरणको साझेदारीको बीचमा यसले काम गर्नुपर्छ, हरेक क्षेत्रका विकृति र विसङ्गतिलाई समाधान गर्ने हिसाबले सञ्चार क्षेत्र आफैँ नै एउटा अभियन्ता बनेर उभिनुपर्छ ।”

समग्र पत्रकारिता क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रका विज्ञ, संघसंस्थालगायत सम्बन्धित क्षेत्रको सुझाव र सल्लाहको आधारमा नयाँ सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement

सम्मानितको तर्फबाट बोल्दै सञ्चारिका समूहकी पूर्व अध्यक्ष बस्नेतले सरकारले पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेर थप उत्साह थपेको छ भने । ‘समृद्धि र सुशासन, आमसञ्चारको अभियान’ नाराका साथ तेस्रो राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइएको हो ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top