१४ असोज, काठमाडौँ ।
प्रमुख प्रतिपक्षीदल नेपालीकांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग मागगर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रिय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान बोलाउन दबाव दिने निर्णय गरेको हो ।
कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कामगर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले विशेष अधिवेशन बोलाउनुपर्ने मागगर्ने भएको हो । पार्टीको केन्द्रियकार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा कोभिड १९को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वानगर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
बढ्दो भ्रष्टाचार तथा बेथितिको अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाई छ । कांग्रेसले वर्तमान सरकारका ज्यादतीका विरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमापनि छलफल भएको डा. महतले बताए । कांग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमापनि बैठकमा छलफल भएको उनले बताए । रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको उनले बताए । केन्द्रिय कार्य समिति बैठकमा पौडेल समूहले उठाएका विषयहरुमा जवाफ दिने उनले बताए ।