×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

अलैँची टिप्ने चटारो, भाउ ओरालो

१४ आश्विन २०७७

१४ असाेज, बागलुङ ।

किसानलाई यतिबेला अलैँची टिप्ने चटारो छ । हजार÷बाह्र सय मीटरको उचाइमा त साउन अन्तिम तिरै अलैँची पाक्न शुरु गर्छ । उपल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । अलैँचीको फल वर्षमा एकचोटि लाग्छ । बरेङ गाउँपालिका–२ को नमूना अलैँची उत्पादक कृषक समूहका सदस्य अहिले अलैँची टिप्न र सुकाउनमा व्यस्त छन् ।

Advertisement
Advertisement

दश क्विन्टल जति अलैँची टिपिसकिएको समूहका अध्यक्ष विमल पौडेलले बताए ।  “अलैँची टिप्न अझै बाँकी छ, सुकाउँदा यो वर्ष २५ क्विन्टलसम्म ठहर्छ की ?”, उनले भने ।यहाँका किसानले झण्डै ४०० रोपनीमा अलैँची खेती गर्दै आएका छन् । बरेङमा अलैँचीको पकेट कार्यक्रमसमेत सञ्चालित छ ।

ताराखोला गाउँपालिकाको अलैँची ‘ब्लक’ले वडा नं। १, २, ३ र ४ वडा समेटेको छ । गाउँपालिकाको आँकडानुसार ६५० रोपनीमा अलैँची खेती छ । अलैँची ब्लक सञ्चालक समितिका सचिव इन्द्रबहादुर रोकाले अर्को सातादेखि अलैँची टिप्न शुरु हुने बताए । “चिसो र उचाइमा भएका कारण यहाँको अलैँची अलिक ढिलो पाक्छ”, उनले भने, “असोज अन्तिमसम्ममा सबै टिपीसक्छौँ ।”

जातअनुसार पनि अलैँची ढिलो÷छिटो पाक्ने हुन्छ । ताराखोलामा रामसाइ र गोलसाइ जातको अलैँची खेती छ । यो वर्ष अलैँचीको राम्रो फल लागेको रोकाको भनाइ छ । उनले मात्र २२ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । यो वर्ष उत्पादन अझै बढ्ने देखिएको छ । गाउँपालिकाभर गर्दा ३० देखि ३५ क्विन्टलसम्म फल्ने अनुमान छ ।

वर्षेनी अलैँची भित्र्याउँदा खुशी हुने किसान बजार भाउदेखि भने निराश छन् । पहिलेकै झैँ मूल्य पाउने हो भने अलैँची खेतीतर्फ किसानको आकर्षण झनै बढ्ने थियो । उत्पादनअनुसारको मूल्य नपाउनु दुःखद् भएको अध्यक्ष पौडेलको भनाइ छ । “गत वर्ष रु ६०० देखि रु ६५० सम्ममा विक्री भएको थियो, अहिले त्यही पनि पाइने हो या होइन, यस्तो अवस्था छ”, उनले भने । विदेशमा नेपाली अलैँचीको माग र बजार भए पनि किसानले उचित मूल्य नपाएको अलैँची किसान रोकाले बताए ।

उनका अनुसार चार÷पाँच वर्ष अघिसम्म प्रतिकिलो अलैँची रु २५ सयaसम्ममा विक्री हुन्थ्यो । एक मन (४० किलो) को रु एक लाखसम्म पथ्र्यो । अहिले एक मनको मूल्य रु २५ हजार हाराहारी पर्छ । “नेपालले अलैँचीको आफ्नै ब्राण्ड बनाएर अन्तराष्ट्रिय बजारमा बेच्नुपर्छ”, रोकाले भन। नेपालमा उत्पादन हुने अलैँची पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात हुन्छ । अलैँचीको बजारमा भारतीय व्यापारीको एकाधिकार छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग र बजार मूल्य नघटे पनि नेपाली किसान भने सस्तोमा बेच्न बाध्य छन् ।

केही वर्ष अघिसम्म अलैँची किन्न व्यापारी घरघरै आउने गरेको जैमिनी नगरपालिका–१० राङ्खानीका किसान मनबहादुर श्रीसले सुनाए अहिले किसान आफैँ व्यापारी खोज्दै जानुपर्ने बाध्यता छ । त्यतिबेला राम्रो भाउ पाउँदा किसान खुशी पनि थिए । अहिले अलैँची बेच्नै गाह्रो हुन थालेको उनको भनाइ छ । शुरुमा कमाइ हुने देखेर अलैँची खेतीमा लागेका किसान निरुत्साहित हुन थालेका छन् । कतिपय अगुवा किसानले गाउँभरिको अलैँची जम्मा पारेर बिर्तामोड पु¥याउने गरेका छन् ।

उचित मूल्य पाउने आशमा कोही किसानले लामो समय अलैँची थन्काएरसमेत राख्छन् । अलैँची खेतीमा लाग्ने मेहनत र श्रमअनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् । रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालीम पाउँछन् । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ब्लक छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ ।

केन्द्रका कृषि प्रसार अधिकृत विशाल काफ्लेले विचौलियाका कारण अलैँची किसान मर्कामा परेको बताए । “पछिल्लो समय नेपालमा अलैँची उत्पादन बढे पनि मूल्य भने घट्दै गएको छ”, उनले भने । जिल्लामा झण्डै ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । अलैँचीको उचित बजार व्यवस्थापन हुन सकेको छैन ।

Advertisement

भारतबाहेक अन्य मुलुकमा पनि अलैँची निर्यातका लागि सरकारले पहल गर्नुपर्ने कृषि क्षेत्रका जानकार बताउँछन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुने गरेको छ । अलैँची खेती हजारदेखि २२ सय मिटरसम्मको पहाडी र हिमाली क्षेत्रमा हुन्छ । अलैँचीलाई ओसिलो ठाउँ चाहिन्छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top