Nepal Times
Nepal Times
3
Shares

नेपाल–इजरायलबीच श्रम सम्झौता

नेपाल–इजरायलबीच श्रम सम्झौता

काठमाडाैँ : नेपाल र इजरायलबीच श्रम सम्झौता र सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना सम्बन्धमा हस्ताक्षर भएको छ । इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली विदेशमन्त्री गावी अस्केनाजीले बुधबार सम्झौतामा हस्ताक्षर गरे । नेपालका तर्फबाट हस्ताक्षरका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सोमबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलबाट कृषि प्रविधि भित्र्याउन एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न लागेको जानकारी दिएका थिए । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले कृषि सेन्टरमार्फत नेपालको कृषि क्षेत्रमा सुधार गर्ने र उत्पादन तथा स्वरोजगार बढाउने लक्ष्य राखिएको बताए ।

यसबारे झापा, लमजुङ र गुल्मीमा सर्वेक्षण भइरहेको इजरायलस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार अब अन्य ससाना श्रमसम्बन्धी कामका लागि पनि बाटो खुला भएको छ । अब नेपालीलाई इजरायलमा नर्सिङ क्षेत्र र स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा काम गर्न जाने बाटो खुलेको हो ।

यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । ‘अन्य क्षेत्रमा पनि नेपालीहरू इजरायलमा गएर काम गर्ने बाटो खुलेको छ,’ उनले भने । केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै नेपाली श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म लिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत पठाउन रोक लगाइएको थियो । सेक्टरअनुसार काम गर्न जाने विषयमा दुई मुलुकबीच अक्टोबरमा कार्यान्वयन प्रोटोकलमा सम्झौता हुने प्रवक्ता घिमिरेले बताए । , याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.