विराटनगर, बैशाख २५ ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
श्रीनिवासले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो अत्यन्त निन्दनीय र भत्सर्नायोग्य हुनेसमेत उनको भनाई छ ।
उनले श्रीनिवासलाई चैत २५ गते भएको गोलि प्रहारको निन्दा एवम् दोषीमाथि कारबाहीको माग गरेका थिए ।
तर प्रहरीले आफैंले गोली हान्न लगाएको भन्दै श्रीनिवासलाई काठमाडौंबाट सोमबार पक्रेको थियो । प्रहरी अनुसन्धानबाट नयाँ तथ्य खुले पछि थापाले यसमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।
‘धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ’, थापाले ट्वीट गर्दै भनेका छन्, ‘यदि प्रहरीको भनाइ सत्य हो भने श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ ।’