परीक्षा नियन्त्रकलाई कोरोना देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल

१६ असोज ७७, शुक्रबार
Share this
719shares

१६ असाेज, काठमाडौँ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना सङ्क्रमण देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल गरिएको छ ।

जोशीमा कोरोना पुष्टि भएपछि परीक्षा नियन्त्रण कार्यालयले आइतबारसम्मको लागि सबै काम बन्द गरेको हो ।कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन्।

Advertisement

विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ मा भएको बैठकमा जोशी सहभागी थिए । उक्त बैठकमा सहभागी आईओएमकी डिन दिव्या सिंहलाई कोरोना पोजेटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारीले पीसीआर परीक्षण गराएका थिए। तर अन्यमा भने कोरोना देखिएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top