सुनको भाउ आज प्रतितोला दुई सयले घट्यो

१५ असोज ७७, शुक्रबार

१६ असोज, काठमाडौं । सुनको भाउ आज प्रतितोलामा दुई सय रुपैयाँ घटेको छ ।

सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top