Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज प्रतितोला दुई सयले घट्यो

सुनको भाउ आज प्रतितोला दुई सयले घट्यो

१६ असोज, काठमाडौं । सुनको भाउ आज प्रतितोलामा दुई सय रुपैयाँ घटेको छ ।

सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.