१६ असाेज, बाजुरा ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिको कवाडी नदीमा डुबेर एकै परिवारका पाँचजना बेपत्ता भएका छन् ।शुक्रबार दिउँसो २ बजे हिमाली गाउँपालिका -५ कवाडीमा रहेकाे कवडी खोलामा नुहाउन गएका बेला आमासहित तीन छोरी र एक छोरा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली, पाँच वर्षीया आरती नेपाली, चार वर्षीया सन्तोषी नेपाली, दुई वर्षका सम्मान नेपाली र एक वर्षीया किस्मती नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीको टोली कवाडी खोलामा पुगेर बेपत्ता भएकाहरुको खोजी कार्य गरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्र सिहं ठगुन्नाले बताए ।