आईपीएल : चेन्नईमाथि हैदराबादको रोमान्चक जित

१७ असोज, एजेन्सी ।
ईन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा शुक्रबार राती भएको खेलमा हैदराबादले चेन्नईलाई ७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । चेन्नईलाई जितको अन्तिम ओभरमा २८ रन चाहिएको थियो । स्पिनर अब्दुल सामदले २० रन खर्चिदै हैदराबादलाई रोमान्चक जित पक्का गराए ।

पहिलो बलमा अब्दुल सामदले वाइड सहित एक्स्ट्रा पाँच रन खर्चेका थिए । पहिलो बलमा धोनीले दुई रन बटुले । दोस्रो बलमा धोनीले चौका प्रहार गरे । तेस्रो बलमा एक रन बुटले । चौथो बलमा साम करनले एक रन बटुलेपछि चेन्नईको जित टाढिएको थियो । पाँचौ बलमा पनि एक रन दिए । अन्तिम बलमा साम करनले छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त रहेन ।

Advertisement

चेन्नईका कप्तान महेन्द्रसिंह धोनी ३६ बलमा ४ चौका र १ छक्का सहित ४७ रनमा अविजित रहे । त्यस्तै साम करन ५ बलमा २ छक्का सहित १५ रनमा अविजित रहे ।

चेन्नईको सुरुवात खराब रह्यो । तेस्रो ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारले ओपनर शेन वाटसनलाई एक रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पहिलो बलमा टि नटराजनले अम्बाती रायुडूलाई ८ रनमा बोल्ड आउट गरे । अन्तिम बलमा फाफ डु प्लेसिस २२ रनमा रन आउट हुन पुगेपछि चेन्नई दबाबमा परेको थियो । उनले १९ बलमा ४ चौका प्रहार गरे । स्पिनर अब्दुल सामदको नवौं ओभरको दोस्रो बलमा केदार जाधव तीन रनमा डेभिड वार्नरबाट क्याच आउट भएपछि चेन्नई ४२–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरेका थिए । नटराजनको १८ औं ओभरको चौथो बलमा अब्दुल सामदबाट ५० रनमा क्याच आउट भए । जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अब्दुल सामदले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ३.१ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन गर्ग २६ बलमा ६ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे । गर्गले २३ बलमा आफ्नो पहिलो अर्ध शतक पूरा गरेका थिए ।

अभिषेक शर्मा २४ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए । दिपक चहरको १८ औं ओभरको अन्तिम बलमा धोनीबाट क्याच आउट भएका थिए । खराब प्रर्दशन गरेको हैदराबादलाई पाँचौ विकेटका लागि दुई युवा ब्याट्सम्यान अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पहिलो ओभरको चौथो बलमा दिपक चहरले ओपनर जोनी बेयरस्टोलाई शून्यमा बोल्ड आउट आउट गरे । दोस्रो विकेटका लागि मनिष पान्डे र वार्नरले ४६ रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्न खोजेका थिए ।

पान्डेलाई शार्दुल ठाकुरले आठौं ओभरको पहिलो बलमा टम करनबाट २९ रनमा क्याच आउट गराउँदै साझेदारीलाई बढ्न दिएनन् । पान्डेले २१ बलमा ५ चौका प्रहार गरे । ११ औं ओभरको पाँचौ बलमा वार्नर फाफ डु प्लेसिसबाट २८ बलमा क्याच आउट हुनपुगेपछि ठूलो योगफल कठिन बनेको थियो । स्पिनर पियुष चवलाको बलमा ठूलो सट खेलेका वार्नरलाई डु प्लेसिसले लङ अनमा उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएका थिए । वार्नरले २९ बलमा ३ चौका प्रहार गरे ।

लगतै अर्को बलमा केन विलियम्सन ९ रनमा रन आउट भएपछि ठूलो योगफलको सम्भावना टाढिएको थियो । एक रन लिन प्रयास गर्दै पिजको मध्यभाग सम्म आएपनि नन स्ट्राइकका प्रियम गर्गले नमानेपछि विलियम्सन धोनी आउटको शिकार बनेका थिए । उनले १३ बलमा १ चौका प्रहार गरे ।चेन्नईका दिपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । पियुष चवला र शार्दुल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो । पाँचौ खेलमा चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो । कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो । हैदराबादले आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top