सुदूरपश्चिमका तीन विमानस्थलः दिपायल, चैनपुर र पाटनको आज एकैदिन उद्घाटन हुँदै

१६ असोज ७७, शनिबार

१७ आश्विन, डोटी ।
सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ ।

डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिए।

कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । बैतडीको पाटनको उद्घाटनपछि बझाङको चैनपुर र दिउँसो डोटीको दिपायल विमानस्थल उद्घाटन हुने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले जानकारी दिए।

Advertisement

तीन वटा विमानस्थल उद्घाटनसँगै सुदूरपश्चिमको उडान सहजता र पर्यटन विकास हुने स्थानीयबासीले आशा राखेका छन् । कैलालीको धनगढी विमानस्थलबाट साना जहाजले पहाडी जिल्लामा नियमित उडान गर्ने गरी तयारी भइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top