छुरा प्रहारबाट युवकको हत्या

२५ बैशाख ७५, मंगलबार

राजविराज, २५ वैशाख ः सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।

Advertisement

मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए। घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।

शिक्षक कुट्नेलाई कार्वाही माग

Advertisement

नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ ।
तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर कंकालनी नगरपालिका–१ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापनरत छन्।
रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top