Nepal Times
Nepal Times
3
Shares

रौतहटमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या

रौतहटमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या

१७ आश्विन, रौतहट ।
रौतहटमा शुक्रबार दिउँसो घाँस काट्न खेतमा गएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

बृन्दावन नगरपालिका–४ हरैयापल्टुवामा घाँस काटन गएकी ती बालिकाको बलात्कारपछि हत्या भएको वडाअध्यक्ष श्याम यादवले जानकारी दिए । जिल्लाको गढीमाई नगरपालिका घर भएकी उनी हरैया पल्टुवामा रहेको मामा घरमा बस्दै आएकी थिइन् ।

उनको शंकास्पद हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । बिहान १० बजेतिर घाँस काट्न गएकी उनी साँझसम्म नफर्केपछि उनको खोजी गर्दै जाँदा नजिकैको उँखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बलत्कारमा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ईलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत भदौ १४ मा जिल्लाको गढीमाई नगरपालिका, मुसहरी टोलका स्थानीय सकल बैठाकी श्रीमती मिन्त्रादेवी बैठाको पनि घाँस काट्न जाँदा उखुबारीमै हत्या भएको थियो ।

बिहान घाँस काट्न खेत गएकी मिन्त्रादेवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.