×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

कहिले खुल्छ पशुपति ? सुरु भयो सरसफाईको काम

१७ आश्विन २०७७

१७ आश्विन, काठमाडौं ।
कोरोनाको कहरका कारण लामो समयदेखि बन्द रहेको आराध्यदेश भगवान पशुपतिनाथको मन्दिरको सरसफाई सुरु भएको छ ।

खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो ।

Advertisement
Advertisement

चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वयंसेवी रुपमा सफाई गरेर उदाहरणीय बनेको खेम्सका अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जना भन्दा बढी जनशक्ति सरसफाईमा जुटेका छन ।

व्यवसायिक रुपमा नै सरसफाईको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्स लगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्क लगायतका स्थानमा सफाई गर्दै आएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश थापाले बताए ।

अहिले पशुपतिनाथ क्षेत्रमा भिडभाड कम भएकाले सरसफाईमा सहज भएपनि दर्शनार्थीका लागि खुला भएपछि पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सरसफाईका काम अघि बढाइने उनले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अहिले विभिन्न सेवा क्षेत्र खुला भएपनि पशुपतिनाथ लगायतका धार्मिक स्थलहरु खुला हुन सकेका छैनन । सामान्य अवस्थामा हजारौको भिड हुने पुशपतिनाथ क्षेत्र महामारीको जोखिमका कारण खुल्न सकेको छैन ।

मन्दिर दर्शनका लागि खुला गरेपछि अहिलेको अवस्थामा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि सरसफाईसँगै डिसइन्फेक्सनको काम भइरहेको उनले बताए । खेम्स क्लिनिङका सुपर भाइजर सञ्जु तिवारीले अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जना भन्दा बढी जनशक्ति सरसफाईको काममा खटिएको बताइन ।

कम्पनीले सरसफाईमा खटिने कर्मचारीहरुको सेवा सुविधा र स्वास्थ्य जोखिमलाई पनि विशेष ध्यान दिएको छ । अस्पताल क्षेत्रहरुमा सरसफाईको काम गर्दा केही कर्मचारीहरुलाई संक्रमण देखिएको थापाले बताए ।

निमित सरसफाईको काममा खटिने कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन भनिएको छ । साथै कुनैमा संक्रमण देखिएमा ७ लाखको जीवन विमा र १ लाखको कारोना विमा गरिएको उनले बताए ।

अस्पतालमा उपचारका क्रममा रहँदा समेत कर्मचारीको आर्थिक अवस्था हेरी आर्थिक सहयोग गर्ने गरेको थापाले बताए ।  कम्पनीले नयाँ बसपार्क क्षेत्रमा पनि नियमित रुपमा सरसफाई गर्दै आएको छ ।

यसैगरी अहिले पुनः सञ्चालनको तयारीमा रहेका होटल, अस्पताल, बसपार्क, सवारी साधनहरु आदिमा पनि समय समयमा डिस्इन्फेक्सनका लागि पनि ठूलो माग आएको र त्यसै अनुसारका जनशक्तिहरु कम्पनीले खटाइरहेको उनले बताए ।

अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिका कारण कोरोना महामारीका बेलामा पनि यस कम्पनीले आफ्ना जनशक्तिलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गरेर नै काम गरिरहेको छ । चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वयंसेवी रुपमा सफाई गरेको थियो ।

त्यसपछि नेपाल सरकार, विदेशी पर्यटक तथा नेपाल र विश्वमा रहेका नेपालीहरुको उच्च मूल्यांकनका कारण विमानस्थल सफाईमा थप समय सहयोग गरेको खेम्स क्लिनिङले गएको तीन वर्षदेखि नेपालमा व्यावसायिक रुपमा सफाईको काम गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top