आलमको निर्देशनमा घाइते तथा मृतकहरुलाई इँटा भट्टाको भुँग्रोमा हाल्ने हेडमित्री पक्राउ

१६ असोज ७७, शनिबार

१७ आश्विन, काठमाडौं ।
२०६४ चैत २७ गते नेपाली कांग्रेसका नेता अफ्ताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमित्री पक्राउ परेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई शुक्रवार नियन्त्रणमा लिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले जानकारी दिए।

सहनीलाई नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नम्बर ७ बड़की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको डिआइजी सिंहले बताए। घटनाका मुख्य योजनाकार सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम भने अदालतको निर्णयअनुसार पूर्पक्षको लागि थुनामा रहेका छन्।

Advertisement

उनलाई गत असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग छ।

२०६४ चैत २८ गते हुने संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी चुनाव जित्न चुनावको अधिल्लो दिन ६ बजरे ३० मिनेटमा रौतहटको हाल राजपुर नगरपालिका ४ स्थित शेख इद्रिशको गोठघरमा उनीले विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम बिष्फोट हुँदा त्रिलोक प्रताप सिंह राजपुतसमेत केहीको मृत्यु भएको थियो।

Advertisement

पक्राउ परेका सहनीले घटनामा परी मृत्यु भएका र घाइतेलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँट्टा भट्टामा लगि जलाइएको अभियोग रहेको छ। प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँट्टा भट्टाको हेड मिस्त्री रहेको खुलेको छ।

उनले आलमको निर्देशनमा घटनाका घाइतेहरु तथा मृतकहरुलाई इँट्टा भट्टाको भुँग्रोमा हालेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top