आज थपिए २ हजार १२० नयाँ संक्रमित, उपत्यकामा मात्रै १ हजार १७७ थपिए

१७ आश्विन, विराटनगर ।
पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १ हजार १७७ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार १ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा आजसम्म ५२८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

Scroll to Top