प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण

१७ असाेज,काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण देखिएकाे छ । विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजेटिभ देखिएको हाे ।

पीसीआर परीक्षणका लागि उनीहरु चारैजनाको शुक्रबार स्वाव संकलन गरिएको थियो । उनीहरूले सामाजिक सञ्जालमार्फत आफु संक्रमित भएको जानकारी दिँदै सम्पर्कमा  आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चारविज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने छ ।

Scroll to Top