परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना

१७ असोज ७७, आइतबार

काठमाडौँ : शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ ।

Advertisement

यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथा संस्थागत आइसोलेसनमा नौ हजार ७७३ जना छन् । शनिबार काठमाडौँ उपत्यकामा थप एक हजार १७७ व्यक्तिमा सङ्क्रमण देखिएको छ । शुक्रबार उपत्यकामा एक हजार ६३८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रवक्ता डा. गौतमले काठमाडौँ जिल्लामा एक हजार एक, भक्तपुुरमा ६७ र ललितपुरमा १०९ जनामा गरी कुल एक हजार १७७ जनामा सङ्क्रमण देखिएको छ । अब उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या २७ हजार ९१८ पुगेको छ । जसमध्ये काठमाडौँमा २२ हजार ६७४, ललितपुरमा दुई हजार ७९६ र भक्तपुरमा दुई हजार ४४८ जना व्यक्तिमा सङ्क्रमण देखिइसकेको छ ।

Advertisement

देशभर थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात जिल्लाका दुई महिला र छ पुरुष गरी थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । , यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top