डरलाग्दो बलात्कार शृंखला !

१७ असोज ७७, आइतबार

लहान : साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन्।

यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो। खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन्। छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन्। उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन्। त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन्।

विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन्। त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्।

Advertisement

असोज २ गते कर्जन्हा नगरपालिका–३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट बलात्कृत भइन्। रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले बलात्कार गरे। किशोरी चिच्याउन थालेपछि मुखमा कपडा कोचेर राक्षसी व्यवहार गरियो। आरोपित फरार छन्।

भदौ १ गते धनुषाधाम–९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित घर फर्किरहेकी किशोरीलाई सामूहिक बलात्कार गरियो। आठजना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चारजनाले बलात्कार गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन्।

Advertisement

यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै बलात्कृत भइन्। हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा बलात्कृत भएकी थिइन्।,यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top