×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

प्रदेश ५ काे राजधानी देउखुरी बनाउने प्रस्ताव : नेकपाका १४ सांसदद्वारा असहमति

१८ आश्विन २०७७

रूपन्देही : नेकपाभित्र आन्तरिक मतमतान्तरसँगै प्रदेश ५ सरकारले ल्याएको प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुने संकेत देखिएको छ । प्रदेश मन्त्रिपरिषद्ले ल्याएको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रस्तावपछि शनिबार दिनभर बुटवल तरंगित बन्यो ।

प्रदेश सरकारले शुक्रबार प्रस्ताव दर्ता गराएको थियो । नेकपाकै केन्द्रीय अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको समझदारीपछि मुख्यमन्त्री शंकर पोखरेलले तयार गरेको प्रस्ताव आएपछि नेकपाकै नेता कार्यकर्तादेखि प्रदेशसभा सदस्यसमेत अलमलमा परेका थिए ।

Advertisement
Advertisement

मुख्यमन्त्री एवं प्रदेशसभाका पार्टी संसदीय दलका नेता पोखरेलले शनिबार बिहान ८ बजे ‘लन्च’ सहित दलको बैठक बोलाए । बैठक ८ घण्टा चल्यो । बैठकका सहभागीहरूमध्ये राजधानीका विषयमा असहमति राखेकाहरूले पनि बाहिर आएर पार्टीको निर्णयभन्दा बाहिर जान नसकिने प्रतिक्रिया दिएका छन् । नेकपा संसदीय दलको बैठकमा ६१ मध्ये ५७ प्रदेशसभा सदस्य उपस्थित थिए । २१ जनाले आफ्ना भनाइ राखे । राप्ती र भेरीतर्फका सदस्यले निर्णय र प्रस्तावको स्वागत गरे । लुम्बिनी अञ्चलका गुल्मी र अर्घाखाँचीका सदस्य मौन बसे ।

रूपन्देही, पाल्पा, पश्चिम नवलपरासी र कपिलवस्तुका सदस्यले राजधानी सार्ने निर्णयको विरोध गरे । रूपन्देहीका ११ र कपिलवस्तुका ३ गरी १४ जनाले बैठक सकिएपछि ‘असहमति पत्र’ लेखेर बुझाए । प्रदेशसभाका ६१ जना नेकपाका सांसदमध्ये लुम्बिनी अञ्चलका ३४ जना छन् भने रूपन्देहीका मात्र १९ जना छन् ।

रूपन्देहीका ११ सदस्यले अस्थायी राजधानीमा पर्याप्त पूर्वाधार रहेको र राज्यको लगानीसमेत भइसकेकाले अनुपयुक्त स्थानमा सार्ने निर्णय प्रक्रियाप्रति असहमति जाहेर गरेको उल्लेख गरेका छन् । कपिलवस्तुका तीन जनाले कपिलवस्तु प्रदेश राजधानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र रहेको उल्लेख गरेका छन् । ‘पार्टीको निर्णयभन्दा बाहिर जान सक्दैनौं,’ लिखित असहमति व्यक्त गरेका रूपन्देहीका भोजप्रसाद श्रेष्ठले भने, ‘तर, निर्णय प्रक्रिया गलत भएको छ, सच्याउनुपर्छ ।’ कपिलवस्तुका विष्णु पन्थीले भने पार्टीको ह्विप पनि नमान्ने घोषणा गर्दै स्थायी राजधानी कपिलवस्तु नै हुनुपर्ने बताए ।

Advertisement
Advertisement

संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीको विषयमा सरकारले ल्याएको प्रस्तावमा समर्थन गर्न मुख्यमन्त्री पोखरेलले सदस्यहरूलाई निर्देशन दिएका थिए । ‘यो पार्टीको निर्णय भएकाले सबैले सहयोग गर्नुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘यहाँ र प्रदेशसभामा आफ्ना असहमति राख्नुस् तर मतदान प्रक्रियामा सरकारको निर्णयको विरोधमा जाने छुट छैन ।’ बैठकमा बोल्ने सदस्यले प्रक्रिया गलत भएको बताए पनि निर्णय प्रक्रियामा सरकारको प्रस्तावको समर्थन गर्ने बताएका थिए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top