समर्थकलाई अचम्म पार्दै अस्पताल बाहिर निश्किएपछि ट्रम्प पुनः विवादित

१८ असोज ७७, सोमबार

१९ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विवादित बनेका छन् ।

Advertisement

कोरोना सङ्क्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बनेका हुन् । ट्रम्पले कोभिड–१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्।

आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए। सङ्क्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेको बीबीसीको खबरमा उल्लेख छ ।

Advertisement

गाडीमा रहेका उनले मास्क लगाएका थिए । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top