५ सय भारुमा फेलुदा टेष्टः एक घण्टाभित्रै कोरोना परीक्षण

१९ आश्विन, एजेन्सी ।
भारतमा वैज्ञानिकहरुको एउटा समूहले सस्तो मूल्यमा कागजमा आधारित कोरोना भाइरस परीक्षण गर्ने प्रविधिको विकास गरेका छन्।

Advertisement

उनीहरुको दावीअनुसार प्रेग्नेन्सी टेस्टकै अवधिमा कोभिड १९ को परीक्षण हुनसक्छ। फेलुदा नाम दिइएको यो परीक्षण किटले एक घन्टा भन्दा छिटो अवधिमा कोरोना भाइरस रहे नरहेको देखाउँछ भने यसको मूल्य करिब ५ सय भारु पर्छ।

भारतको चर्चित कम्पनी टाटाले यसको उत्पादन थालेको छ। सम्भवत बजारमा उपलब्ध हुने कोरोना परीक्षणका लागि कागजमा आधारित यो पहिलो टेस्ट हुनेछ। यो सामान्य, सहज, भरपर्दो र पामन गर्न सकिने र मितव्ययी परीक्षण हो, प्राध्यापक के विजय राघवनले भने।

Advertisement

राघवन भारत सरकारका प्रन्सिपल साइन्टिफिक एड्भाइजर हुन्। दिल्लीमा आधारित अनुसन्धान संस्था इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजीमा फिलुदा विकास गरिएको हो। साथै निजी ल्याबहरुले पनि यसको परीक्षण गरेका छन्।

कोभिड १९ पोजेटिभ देखिएकासहित २ हजार जनामा यसको परीक्षण गरिएको हो। परीक्षण गर्दा ९६ प्रतिशत सेन्सेटिभिटी र ९८ प्रतिशत स्पेसिफिसिटी देखिएको थियो। यिनै दुईको अनुपातका आधारमा परीक्षणको वस्तुनिष्ठता पहिचान हुन्छ।

Advertisement

भाइरस भएका जो कसैलाई पनि उच्च सेन्सेटिभले पहिचान गर्छ र हाइ सेपेसिफिसिटीले यसरी पहिचान भएको ठीक हो या होइन भन्ने निर्क्यौल गर्छ। भारतमा यसको व्यवसायिक प्रयोगका लागि अनुमति मिलिसकेको छ।

६० लाख भन्दा धेरै कोभिड १९ संक्रमित भारत खराब अवस्थाबाट गुज्रिएको विश्वका मुलुकहरुको सुचीमा दोस्रो स्थानमा रहेको छ। भारतमा दैनिक १० लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण भइरहेको छ जसका लागि १२ सय भन्दा धेरै ल्याब संचालनमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top