विराट अस्पतालको झ्यालबाट हाम्फालेर बिरामीको ज्यान गयो, परिवार भन्छ अस्पतालले लापरवाही गर्यो

१८ असोज ७७, सोमबार

१९ आश्विन, विराटनगर ।
विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत बिरामी अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु भएको छ।

आइसीयूमा उपचाररत ति बिरामी असोज १७ अस्पताल भर्ना भएका थिए । मिक्लाजुङ गाउँपालिका ७ मा डेरा गरी बस्ने ५३ वर्षिय अमृत गजमेरको झ्यालबाट हाम्फालेकै कारण मृत्यु भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ।

आइसीयूमा उपचाररत गजमेरले आफूलाई गर्मी भयो भनी नर्ससँग बाहिर निस्कने अनुमति मागेर दौड्दै दोस्रो तल्लाको झ्यालबाट फाल हानेको अस्पताल प्रशासनले जनाएको छ। बिहान पौने ६ तिर हाम्फालेका उनलाई तत्काल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइएको थियो।

Advertisement

तर, उनलाई बचाउन नसकिएको प्रशासनका कर्मचारी पदम विनाडीले बताए। के कारणले बिरामीले हाम्फालेको भन्ने विषयमा खुल्न नसकेको बताइएको छ। निमोनियाका बिरामी उनी अस्पतालमा उपचाररत थिए। गजमेरका आफन्तले भने अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top