प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदद्वारा तोडफोड

१९ असाेज, काठमाडौं ।

Advertisement

प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद पनि बैठक अघि बढाइएपछि कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका छन् ।

उनीहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरी कुर्सी तोडफोड गरेका हुन्। सभामुखको वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन्।

Advertisement

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सांसदहरुले उनी रोस्टमतर्फ जाने क्रममा उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठकलाई निरन्तरता दिएका छन्। कांग्रेसका सांसदहरूको नाराबाजीपछि सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसद्हरूलाई बस्न र बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए। तर कांग्रेसका सांसदहरूले विरोध गरिरहे। सभामुखले बैठक अघि बढाइरहे।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top