‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीको ठाउँमा करिश्मा

१९ असोज ७७, मंगलबार

१९ असाेज, काठमाडाैँ ।

कोरोना महामारीका कारण लकडाउनसँगै स्थगित भएकाे चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’  पुन: सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ।

पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको छ । नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुने जितुले बताए। नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने उनले बताए ।

Advertisement

उनले भने, ‘नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।’

कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए। हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने उनले बताए ।

Advertisement

पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन्।

मुन्द्रेको कमेडी क्लबमा जोडिएकी करिश्माले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् । उनले भनेकी छिन् – ‘जीवन विभिन्न भावनाले भरिएको छ , अनि हाँसो सबैभन्दा उत्कृष्ट अभिव्यक्ति हो जस्ले एक अर्कोलाई सजिलै जोडिदिन्छ , मेरो र हामी सबैको प्रीय स्ट्यान्डअप कमेडीका प्रखर कलाकार जितु नेपालको ‘मुन्द्रे कमेडी क्लबको’ यो दोस्रो सिजनमा परिवारको रूपमा जोडिएको छु ,आशा छ हजुरहरुले यो नयाँ कोसिस मनपराइदिनु हुनेछ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top