×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

प्रदेश राजधानीको प्रस्तावले सडकदेखि सदनसम्म चर्कियो आन्दोलन

१९ आश्विन २०७७

१९ असाेज, रुपन्देही ।

 प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ ।

Advertisement
Advertisement

स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा नेपाली काँग्रेसले आन्दोलन चर्काएको छ । आज प्रदेशसभामा प्रदेश राजधानीको प्रस्तावविरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत काँग्रेसलाई साथ दियो ।

सत्ता पक्षकै कतिपय सांसद पनि प्रदेश राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् जसले गर्दा काँग्रेस आन्दोलनका लागि थप बल पुगेको छ । जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख पनि राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने अडानमा छन् ।

राजधानी दाङ लैजाने सरकारको प्रस्तावविरुद्ध बुटवलका काँग्रेसका नेता, कार्यकर्ता र केही व्यावसायिक संस्थाहरुले धर्ना दिए । प्रदेशसभा भवन नजीकै दिनभर धर्ना र प्रदर्शन गरिएको थियो । बुटवललाई नै राजधानी कायम गर्ने प्रस्ताव नल्याउँदासम्म आन्दोलन नरोक्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समिति सञ्जाल रुपन्देहीका संयोजक खिमबहादुर हमालले बताए ।

प्रदेशसभाको आज बैठक चलिरहँदा डेढ सय मिटरको दूरीसम्म कांग्रेसका नेता, कार्यकर्ता र समितिले धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्री, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीलगायत जनप्रतिनिधिले प्रदेशको राजधानी रुपन्देहीको विकल्प नभएको बताउँदै प्रदेश सरकारलाई उक्त प्रस्ताव तुरुन्तै फिर्ता गर्न आग्रह गरेका थिए ।

सरकारले पेश गरेको प्रस्तावमाथि थप छलफल र सहमतिका आधारमा अघि बढाउन माग गरेको आफ्नो कुरा नसुनेको जनाउँदै काँग्रेसले आज प्रदेशसभाको बैठकसमेत अवरोध गरेको थियो । प्रतिपक्षीको विरोध चले पनि प्रदेशसभाको बैठकका कामकारबाही अघि बढाइएको थियो ।

अस्थायी मुकाम रुपन्देहीबाट राजधानी सार्ने सरकारको प्रस्ताव नेकपाकै सांसदलाई समेत चित्त बुझेको छैन । पार्टीको निर्देशनका कारण धेरै सांसद राजधानीसम्बन्धी प्रस्तावमा मौन रहे पनि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने खुलेरै विरोध गरेका छन् ।

राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको जनाउँदै उनले प्रदेशसभाको बैठकमा तीव्र असन्तुष्टि जनाए । जनताले मागै नगरेका ठाउँमा राजधानी तोक्नु गलत हुन्छ भन्दै उहाँले सबै तरिकाले राजधानीका लागि रुपन्देही नै उपयुक्त भएको बताए । पाल्पा, नवलपरासी र कपिलवस्तुलाई समेत समेटेर गौतम बुद्ध जन्मस्थल रुपन्देहीलाई नै केन्द्र तोक्न उहाँले सरकारसँग आग्रह गरे ।

प्रदेशसभाको आजको बैठकमा नेकपाकै सदस्य विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने जनाउँदै सरकारको प्रस्ताव सच्याउन माग गरे । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीका विषयमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र चेतावनी दिए ।

बैठकमा विरोध भए पनि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले पेलिएरै रोष्ट्रममा पुगेर राजधानीको प्रस्तावका विषयमा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । मन्त्री केसीले धेरै तयारीपछि सरकारले प्रदेश राजधानीको प्रस्ताव अघि सारेको जनाउँदै सहमति जनाउन आग्रह गरे ।

प्रदेश नामकरणमा कसैको आपत्ति नरहे पनि राजधानीका विषयमा सहमतिमा आउन कांग्रेसले नमानेपछि आजै सर्वदलीय बैठकसमेत बसेर सहमतिको प्रयास भएको थियो । सदन बैठक स्थगन गर्न र राजनीतिक सहमतिमा मात्र राजधानी टुङ्गो लगाउनुपर्ने काँग्रेसको माग पूरा नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रस्तावमा सहमति जुटाउन बसेको नेकपा र कांग्रेसबीचको दोस्रो बैठक पनि विनासहमति सकिएको थियो । बैठकमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री शङ्कर पोखरेलले सदन सञ्चालन गर्नका लागि बाटो खोल्न र सरकारको प्रस्तावमा सहमति जनाउन आग्रह गरेका थिए ।

राजनीतिक सहमतिविना राजधानीसम्बन्धी प्रस्ताव अघि नबढाउन गरिएको आग्रह सत्तापक्षले नमानेपछि बैठक कक्षबाट बाहिरिएको काँग्रेसका सचेतक निर्मला क्षेत्रीले बताए ।

यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।

सो प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सदस्यमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानमा प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सक्ने उल्लेख छ ।

Advertisement

एकसठ्ठी सदस्य रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारका प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । प्रदेशसभामा काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् ।रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top