Nepal Times
Nepal Times
3
Shares

नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान

नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान

२० असाेज, काठमाडाैँ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा साेमबार पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ ।

यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.