तीन वर्षभित्र खरको छाना हटाउने सरकारको योजना

१९ असोज ७७, मंगलबार

२० आश्विन, काठमाडौं ।
सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षभित्र खरको छाना हटाउने सरकारको योजना रहेको बताएका छन् ।

व्यवस्थित बसोबास कार्यक्रमअन्तर्गत नै अहिले मुलुकभरि खरको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले भने, “आगामी तीन आर्थिक वर्षभित्र मुलुकभरि खरको छाना भएका घर हुने छैनन् ।”

विश्व बसोबास दिवस, २०२० को अवसरमा सहरी विकास तथा भवन निर्माण विभागद्वारा सोमबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले व्यवस्थित बसोबास नै सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।

Advertisement

‘सबैका लागि आवासः समृद्ध सहरी विकास’ भन्ने मूल नारासहित यो वर्ष विश्व बसोबास दिवस मनाइँदै छ । सहरी विकास मन्त्रालयको तथ्याङ्कअनुसार अहिले नेपालमा करिब पाँच लाख घर बसोबासका लागि असुरक्षित छन् ।

“सबै सङ्घीय निर्वाचन क्षेत्र र त्यहाँ रहेका स्थानीय तहहरूमा खरको छाना हटाउँदै जस्तापाताको छाना लगाउने कार्यक्रम अहिले सञ्चालनमा रहेका छन्”, उनले थपे, “स्थानीय सरकारसँग समन्वय गर्दै खरको छाना हटाएर जस्तापाताको छाना लगाउने काम भइरहेको छ ।”

नेपालको संविधानमा आवासलाई नागरिकको नैसर्गिक अधिकारका रूपमा उल्लेख गरिएको छ । अहिले मुलुकका ७६ प्रतिशत घर असुरक्षित र अव्यवस्थित रहेको अनुमान गरिएको छ । सन् १९८६ बाट यो दिवस मनाउन सुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८६ मा ‘आवास मेरो अधिकार’ नाराका साथ बसोबास दिवस मनाएको थियो ।(गोरखापत्र)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top