भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्यु सङ्ख्यामा कमी

२० असोज ७७, मंगलबार
Share this
749shares

२० असाेज, नयाँ दिल्ली।
भारतमाविगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । अक्टोबरको पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोभिड–१९ सङ्क्रमण तथा सङ्क्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा सङ्क्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएकोे थियो । त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १०० ले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन सङ्क्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या एक हजार ६९ मा झरेको थियो । अक्टोबरमा ४ मा सङ्क्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक सङ्ख्या ९४० भयो भने अक्टोबर ५ मा सङ्क्रमितको सङ्ख्या ७४ हजार ४४२ भयो र ९०३ सङ्क्रमितको मृत्यु भयो ।

Advertisement

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top