महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

२० असोज ७७, बुधबार

२१ आश्विन, काठमाडौं ।
अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ ।

Advertisement

सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो ।

सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मङ्गलबार अलग–अलग भेटी सो ध्यानाकर्षण गराएको हो ।

Advertisement

सो पत्रमा गम्भीर प्रकृतिका घटनाको निष्पक्षरूपमा छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्याय दिलाउन माग गरिएको छ । सो अवसरमा सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानून निर्माण, विद्यमान कानून संशोधनलगायत विषयमा गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई समितिको तर्फबाट निर्देश गरिसकिएको अवगत गराएका थिए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top