स्पेनमा आप्रवासीलाई कडाई गरेपछि नेपालीहरु पोर्चुगल पलायन

२० असोज ७७, बुधबार

कृष्ण खनाल
२१ असाेज, बार्सिलोना ।
कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक मध्येको एक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो ।

स्पेनका उपप्रधान मन्त्री पाब्लो इग्लेसियसले कादेना सेरले रेडियोमा दिएको एक अन्तर्वातामा गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियल अर्थात स्थायी बसोबासको अनुमतिलाई खारेज गर्ने बताएका छन् । ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको अनुबन्धनका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो । जुन अब खारेज हुनेछ ।

गठबन्धन सरकारका उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासी सम्बन्धी कानुन परिवर्तन गरिने छ । यसले आप्रवासीका कारण स्पनिश जनता बेरोजगार भए भन्ने समस्या अन्त्य हुने उनले बताए । यसअघि निशुल्क स्वास्थ्य सुविधालिन पासपोर्टबाट हेल्थ कार्ड समेत बनाउन बन्द गरिने छ । यसैबीच आप्रवासीमाथि कडाई गर्ने तयारी गरेसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनी रुपमा बसेका नेपालीहरु समस्यामा परेका छन् ।

Advertisement

कोरोना संक्रमण बढेको बेलामा पनि सयौँ नेपालीहरु धमाधम पोर्चुगल जान सुरु गरेका छ्न् । बसोबासको कागजात बनाउन सजिलो मुलुक मध्ये पोर्चुगल एक हो । यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेसीडेन्सी कार्ड बनाउन सकिन्छ । जर्मनीको भिसा लगाई दुई वर्ष अगाडि स्पेनको बार्सिलोनामा आएर बसेकी पुनम लामा पोर्चुगलको राजधानी लिस्बनमा पुगेकी छिन् । उनले भनिन–‘ स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन, लाखौं लाख स्पनिशहरु नै वेरोजगार छन, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिने जानेकोमा आएकी हुँ ।’ पोर्चुगलमा प्रक्रिया सुरु भई सकेको उनले बताइन् । उनले भनिन्–‘पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो ।’

यस्तै सातवर्षदेखि बार्सिलोनामा परिवार सहित बस्दै आएका विनोद गिरी भन्छन् –‘ पछिल्लो समय स्पेनमा धेरै नेपाली आएका छन् । कामको समस्या छ । सरकारले ३ वर्षे आर्राइगो कार्ड दिने सिस्टम पहिले नै हटाउने भनेको थियो, अब त झन यस्तो अवस्था छ बन्द गराउने नयाँ कुरो भएन । हाम्रो नेपालमा वेरोजगार, आर्थिक समस्याका कारण विभिन्न माध्यमबाट युरोपमा आउने शतप्रतिशत नेपालीहरुले १४, १५ लाखसम्म खर्च गरेर आएका छन् । ठूलो रकम खर्च गरेर आउछँन, यहाँ कार्ड बनाउन समस्या छ त्यो माथि भने जस्तो काम पाईदैन । अब २/४ वर्ष निकै गाह्रो छ युरोपमा काम पाउन ।’

Advertisement

कोरोना भाइरसको महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ । हाल स्पेनमा बेरोजगारी ३३ लाख ६८ हजार अर्थात १५ दशमलव ३३ प्रतिशत रहेको छ । स्पेनको तेस्रो ठूलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासी देश निकाला गर्ने, आर्राइगो बन्द गराउने, कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरु संसदमा उठाउँदै आएको छ । साथै वोक्स पार्टीले कानुनी रुपमा बसेका आप्रवासीले कुनै अपराध गरेका छन भने पनि देश निकाला गर्नुपर्ने लगायतका कयौ आप्रवासी विरोधी मुद्दा अघि सारेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजार बढी पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार २ सय बढी रहेको छ ।

युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरु फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन् । कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ । स्पेनको अर्थव्यवस्थामा अन्य देशको तुलनामा निकै गिरावट आएको छ। स्पेनमा निर्यात, लगानी र उपभोक्ताको खर्चमा तीव्र गिरावट आएको छ। तथ्यांक अनुसार पछिल्लो महिना स्पेनको अर्थ व्यवस्थाका लागि सबैभन्दा खराब समय रहेको देखिन्छ । स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट देखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top