कोरोना निको नभएको आशंकामा ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार

२० असोज ७७, बुधबार

२१ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गरेका छन् ।

राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै बाइडेनले केही गरी अझै पनि ट्रम्प संक्रमित नै भए दोस्रो टेलिभिजन बहस गर्न नहुने उनले बताएका हुन् । बाइडेनले भने, ‘मलाई लाग्छ, उनको साथमा अझै पनि कोभिड रहेको भए, हामीले बहस गर्नु हुँदैन ।

हामीले निकै कडा दिशानिर्देशनको पालना गर्नुपर्दछ । धेरै मानिस संक्रमित भएकाले यो एक निकै गम्भीर समस्या हो ।’ आगामी बहस फ्लोरिडाको मियामीमा यही १५ अक्टोबरका लागि तय गरिएको छ ।

Advertisement

१ अक्टोबर विहीबार गरिएको परीक्षणमा ट्रम्पमा संक्रमण पोजिटिभ देखिएको थियो । त्यसपछि उनको अमेरिकी सैन्य अस्पतालमा उपचार गरिएको थियो । ६ अक्टोबरमा गरिएको अर्को परीक्षणमा नेगेटिभ देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज हुभएका छन् ।

अमेरिकी सार्वजनिक स्वास्थ्य निर्देशन अनुसार पनि लक्षण देखिएको दिनबाट अरु दश दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । तर ट्रम्प दोस्रो टिभी बहसमा लागि तयार रहेको उनका सल्लाहकार जेना एलिसले जानकारी दिएका छन् ।

Advertisement

एलिसले गएको टिभी बहसमा बाइडेनले राम्रो गर्न नसकेकाले बहसबाट उम्किने दाउ खोजिरहेको आरोप समेत लगाए । गत हप्ता गरिएको टिभी बहसलाई इतिहासकै खराब बहसका रुपमा लिइएको छ । जहाँ ट्रम्प र बाइडेन एकापसमा झगडाको स्तरमै ओर्लिएका थिए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top