उपत्यकाका सबै कोभिड अस्पताल खचाखच

२१ असोज ७७, बिहीबार

काठमाडौँ : उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ।

सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। आइसियु र अन्य बेड सबै भरिभराउ छन्। अस्पतालले यतिखेर लक्षण भएका बिरामी मात्र भर्ना गरेको छ। तर नयाँ भर्नाका लागि पुराना बिरामी डिस्चार्ज हुनुपर्ने अवस्था छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ का बिरामीका लागि रहेका १ सय २९ वेड र २१ वटा आइसियु पनि भरिभराउ छन्।

Advertisement

यस्तै शिक्षण अस्पतालमा पनि कोभिडका लागि १ सय २६ बेड छन्। तीमध्ये १ सय ३ वटा भरिइसकेका छन्। बाँकी २३ वटा शंकास्पद र आकस्मिकतथा बालबालिकाको लागि छुट्टयाइएका हुन्। भर्ना भएका सबै बिरामी गम्भीर प्रकृतिका रहेको अस्पतालका कोडिभ सम्पर्क व्यक्ति डा. सवीन थपलियाले बताए।

कोभिडका मात्र बिरामी उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि बेड खाली नरहेको अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले बताए। भर्ना भएकामध्ये ५० प्रतिशत गम्भीर लक्षण भएका रहेको उनले बताए। यो अस्पतालमा कोभिड १९ को लागि २० आइसियु र ३० बेड छन्। ‘दिनमा दुई÷ तीन जना डिस्चार्ज हुन्छन्, तुरुन्त भरिन्छन्,’ उनले भने।

राजधानीका मुख्य कोभिड अस्पतालहरु भरिएपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित पे्रस ब्रिफिङकै क्रममा व्यवस्थापनमा चुनौती थपिएको जनाउँदै सबै निजी तथा सरकारी अस्पताललाई कोभिड १९ को उपचार गर्न अनुरोध गरे।

नेपालमा २५ हजार सक्रिय संक्रमितको उपचार गर्ने क्षमता रहेकोमा बुधबार यो संख्या २५ हजार नाघेको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top