परराष्ट्र मन्त्रालयका सचिवमा भरतराज पौडेल नियुक्त

२३ असोज ७७, शुक्रबार
Share this
748shares

२३ असोज, काठमाडौं । भरतराज पौडेल परराष्ट्र मन्त्रालयका सचिवमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो ।

Advertisement

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार ग्रहण गरेका छन् ।

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

Advertisement

पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top