×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

सरकारी वार्ता टोलीले समय नदिँदा वार्तामा ढिलाई

२३ आश्विन २०७७

२३ असोज, काठमाडौँ । सरकारी वार्ता टोलीले समय नदिँदा सत्याग्रही डा. गोविन्द केसी पक्ष र सरकारबीचको वार्तामा ढिलाई भएको छ । शुक्रबार बिहानैबाट वार्ता थाल्ने भने पनि सरकारी वार्ता टोलीले समय नदिएको डा. केसी पक्षको वार्ता टोलीको भनाई छ ।

२६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झन् जटिल बन्दै गएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भन्दै वार्ता स्थगित गरिएको थियो । बिहीबार दुई पक्षबीच करिब १० घण्टा केसीका मागबारे छलफल भएको थियो ।

Advertisement
Advertisement

दुवै वार्ता टोलीले वार्ता सकारात्मक रहेको र निर्ष्कष उन्मुख रहेको प्रतिक्रिया दिएका थिए । सरकारी पक्षले सयम दिए जुनकुनै वार्तामा बस्न र मागबारे छलफल गर्न तयार रहेको उनले जनाए ।

सरकारी वार्ता टोलीले भने केसीका मागबारे प्रधानमन्त्रीलगायत सम्बन्धित निकायसँग परामर्श भइरहेको जनाएको छ ।

सरकार र डा. गोविन्द केसी पक्षबीचको बिहीबारको वार्ता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र डा. निर्देशक दिनेश काफ्लेको बर्खास्तीमा पुगेर रोकिएको थियो ।

डा. केसीले ६ बुँदे माग राखेर जुम्लाबाट अनशन थालेका थिए । आईओएममा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने उनको माग छ । विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलमा मापदण्ड निर्धारण समितिले दिएको सुझावका अनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्थासमेत गरिनुपर्ने उनको प्रमुख माग मध्येको एक हो । अख्तियारको बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउनुपर्ने माग पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धी भएकाले टुंगोमा पुग्न नसकिएको वार्ता टोलीका एक सदस्यले बताए ।

Advertisement

शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेको वार्ता टोली र डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का संयोजक डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता टोली बनेको छ । टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । डा. केसीले १९ औं अनशन भदौ २९ गते जुम्लाबाट सुरु गरेका थिए ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top