पानीको मूल्यमा मनपरी, विभाग भन्छ – मूल्य बढाउने अनुमति छैन

२३ असोज ७७, शनिबार

काठमाडौँ : खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य ९एमआरपी०का आधारमा मूल्य बढाएको दाबी गरेका छन् ।

तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके पनि त्यो कार्यान्वयन गर्ने विषयमा टुङ्गो नलागेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एमआरपी कार्यान्वयनको विषयमा विभागले कुनै पनि उद्योगीलाई स्वीकृति नदिएको र आफूखुसी मूल्य बढाउने उद्योगीलाई कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारीले आफूखुसी मूल्य बढाएको भन्ने गुनासो विभागमा पनि आउन थालेको छ । आफूखुसी मूल्य बढाउने व्यापारीलाई विभागले अनुगमन गरेर कारबाही गर्छ । ”

विभागका अनुसार पछिल्ला दिनमा जारको पानीमा गुणस्तर सुधार गर्नुपर्ने, महँगो मूल्यमा बेच्ने गरेको, पानीमा कीरा, लेउ भेटिने गरेको, जारको बिर्कोबाट पानी चुहिने र फोहोर जारमा पानी बेच्ने गरेकोलगायतका गुनासा आउन थालेका छन् ।

Advertisement

विभागले गत साउन र भदौमा पिउने पानीका उद्योगमा अनुगमनलाई तीव्र बनाएको थियो । त्यसबेला करिब चार दर्जन पानी उद्योग कारबाहीमा पनि परेका थिए तर पछिल्लो समय विभागको अनुगमन अरू क्षेत्रमा केन्द्रित भएपछि फेरि पानीमा उपभोक्ता ठगिएको गुनासो आउन थालेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुवेदीका अनुसार पिउने पानीको मूल्य र गुणस्तर दुवैमा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । पानीमा ठगिएका गुनासो पछिल्लो समय बढेका छन् । यस्ता गुनासो मूल्य र गुणस्तरसँगै छन् । हामी चाँडै अनुगमन सुरु गर्छौं, उहाँले भन्नुभयो, “विभागले पानी उद्योग र वितरकसँग सम्बन्धित सूचना सङ्कलन गरिरहेको र अब केही दिनभित्रै स्ट्रिङ अपरेसनमा जानेछ । ”

जार र बोतलको पानीको मूल्यको हकका वाणिज्य विभागले गत भदौ १० गतेबाट लागू हुनेगरी मूल्य तोके पनि संसदीय समितिको हस्तक्षेपपछि उक्त मूल्य कार्यान्वयनमा आएको छैन । तुलनात्मक रूपमा बजार मूल्यभन्दा बढी अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० तोकिदिएपछि विभागको उक्त निर्णय विवादमा आएको थियो तर अहिले पानी व्यवसायीले पानीको मूल्य बढाउन थालेका छन् । प्रतिस्पर्धी बजारमा प्रतिजार ४० देखि ४५ रुपियाँमा बिक्री वितरण भइरहेको पानी व्यापारीले अहिले मूल्य बढाएर प्रतिजार ५० देखि ७० रुपियाँसम्म बनाएका छन् ।

पछिल्लो समय विभागले दशैँ, तिहारलगायत चाडबाड लक्षित बजार अनुगमन गरिरहेको छ । जसमा खाद्यान्न, लत्ताकपडाजस्ता क्षेत्रमा विभागको अनुगमन केन्द्रित छ । दैनिक तीनदेखि पाँचवटा सम्म अनुगमन टोली बजार अनुगमनमा खटिने र औसत दैनिक १८÷२० व्यावसायिक फार्ममा अनुगमन भइरहेको भए पनि क्षेत्रगत रूपमा विभागको अनुमगन पर्याप्त र प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले उपभोक्ता संरक्षण विभागको बजार अनुगमनले उपभोक्तालाई राहत दिनेभन्दा पनि बजारको अवलोकन गरेर राजस्व सङ्कलन गर्ने काम भएको आरोप लगाउनुभयो । पिउने पानीका रूपमा बिक्री गरिने जार र बोतलको पानीको गुणस्तर यति खत्तम छ कि भनी साध्यै छैन ।

तिमिल्सिनाले सबै कुरा विभागलाई थाहा भए पनि कारबाही नगरी उल्टै उद्योगीकै पक्षमा एमआरपी तोकिएको दाबी गर्नुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top