२४ असोज, विराटनगर ।
प्रदेश १ मा आज ५ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।
सुनसरीमा ३ सय १०, मोरङमा १ सय ९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा २ सय २० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ महिला र १ सय २९ पुरुष छन् । सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १–१ जना, मोरङको विराटनगरमा १ सय ४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३–३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १–१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको छ ।
प्रदेश १ मा शनिबार ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ६४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९४ महिला र ३५८ पुरुष रहेका छन् । हालसम्म १ लाख ३६ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।