भ्रष्टाचारमा महिला संलग्नता न्यून

२४ असोज ७७, आइतबार

काठमाडौँ : समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलामाथि लगाइन्छ । के यो आरोप सत्य हो त ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ महिनाको अवधिमा भ्रष्टाचारजन्य कार्यमा संलग्न महिला तथा पुरुषको लैङ्गिक तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको सामाजिक बनोट पित्तृसत्तात्मक भएजस्तै भ्रष्टाचारजन्य कार्यमा पुरुषकै रजाइँ (रजगज) रहेको तथ्याङ्कले देखाउँछ । अख्तियारका अनुसार सो अवधिको भ्रष्टाचारजन्य कार्यमा ८९ प्रतिशतभन्दा बढी पुरुष संलग्न भएको पाइएको छ भने त्यस्ता कार्यमा महिलाको सहभागिता १०.७७ प्रतिशत मात्रै छ ।

आयोगले २०७४ फागुन २ देखि २०७७ भदौ २८ गतेसम्मको तथ्याङ्कमा कुल दुई हजार ३६७ जनालाई प्रतिवादी बनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कुल ९२३ वटा मुद्दामा पुरुष दुई हजार ११२ र महिला २५५ जनालाई प्रतिवादी बनाइएको छ ।

Advertisement

भ्रष्टाचारजन्य कार्यमा महिलाको सङ्ख्या न्यून हुनुको कारण के हो त ? निजामतीलगायतका सेवामा महिलाको सङ्ख्या नै न्यून भएर, अवसर नै नपाएर, इमानदार भएर, डराएर, नजानेर वा मिलाएर खान सक्ने खुबी भएर हो ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफ्नो जग्गाको कामको सिलसिलामा मातपोत कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीले सीधै अतिरिक्त लाभको अपेक्षा गरेको घटना सुनाइन् । कार्कीको अनुभव छ, संसारभरि नै महिलाले कम भ्रष्टाचारजन्य कार्य गरेको पाइन्छ, थोरै रकम भए पनि मिलाएर खर्च गर्ने बानी हुन्छ, पुरुषजस्तो खर्चालु महिला हुँदैनन्, जुवा–तास खेल्ने, घुम्ने र फजुल खर्च गर्ने गर्दैनन् , यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top